पानी नपरेपछि जनप्रतिनिधिलाई ‘बाँधेर’ पूजा !
भैरहवा– लामो समय सुक्खाले खेतमा रोपो सुक्ने र नयाँ रोपाइँ गर्न नपाएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका पीडित किसानले सोमबार स्थानीय जतप्रतिनिधिलाई बाँधेर मन्दिरमा पुर्याएर इन्द्रको पूजा गरेका छन् ।
स्थानीयले उक्त पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई बाँधेर पुजा गरेका हुन् । उनीहरुले जनप्रतिनिधीको हात बाँधेर, गाउँ परिक्रमा गराएपछि मन्दिरमा पुर्याएर पूजा गरेका थिए ।
त्यहाँका गाउँमा खडेरी परेपछि किसानले क्षमा पूजासहित वर्षा गराइदिन इन्द्र भगवानको पुजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यता अनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधीलाई बाँधेर पूजा गरेको जनाए ।
गाउँका अगुवाले पुजा गर्ने र दक्षिणा दिएपछि भगवानले खुसी भएर पानी पर्ने धार्मिक मान्यता अनुसार पूजा गरीएको सरावल गाउँपालिकाका अध्यक्ष चौधरीले बताए । सरावल बाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमा पुजासहति पानी पारीदिन स्थानीयले इन्द्र भगवानको पूजा गरेका छन् ।
पाल्हिनन्दन गाउँपालिका ३ मा पनि शनिवार मध्य रातमा गाउंँभरिका किसानले हरेक घरमा एक माना पानी माग्ने, घर मुलीलाई पानी र हिलो लगाउने गरेका थिए । गाउँभरिका मानिसले स्थानीय तलाउमा गएर पूजा गरेर इन्द्र भगवानको भजन गाउँदै स्तुती गरेका थिए ।
प्रतिकृया दिनुहोस्