December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बुटवलका प्रमुख सुवेदीलाई मुक्का प्रहार गर्ने युवा धरौटीमा रिहा

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा गणेश पंगेनी धरौटीमा रिहा भएका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उनलाइ धरौटीमा रिहा गरेको हो ।पंगेनी सोमबार ५ हजार रुपैयाँ धरौटीमा बुझाएर रिहा भएको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

उनले भने, ‘इलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाड्न आदेश गर्नुभएको हो ।’

अघिल्लो हप्ता पहिरो अनुगमनका क्रममा वडा नं. ३ ज्योतिनगर पुगेका सुवेदीलाइ पंगेनीले मुक्का हानेका थिए। पंगेनीलाइ प्रहरीले त्यसै साँझ पक्राउन गरी अनुसन्धान सुरु गरेको थियो । हप्ता दिन हिरासत बसेपछि उनी धरौटीमा रिहा भएका हुन् ।