March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बस कुर्दाकुर्दै ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु

भैरहवा – रुपन्देहीमा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु भएको हो।

ठक्करबाट सैनामैना नगरपालिका ५, बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीया महेश भट्टराईको मृत्यु भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रक र चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । छोरालाई कलेज पठाउन गाडी चढाउन आमा छोरासँगै सडक छेउ आएकी थिइन् ।

Advertisement