March 22, 2025, Saturday
२०८१ चैत्र १०

पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका तीनजनाको मृत्यु

गुल्मी– पहिरोमा पुरिएर गुल्मीमा तीनजनाको मृत्यु भएको छ । रेसुङगा नगरपालिका–८, तम्घास थुम्का लाइन बस्ने तिलक परियारको घर पहिरोले पुरिँदा तीनजना छोरिको मृत्यु भएको हो । मंगलबार राति परेको अबिरल वर्षापछि यहाँ पहिरो झरेको थियो ।

गुल्मी प्रहरीकाअनुसार पहिरोले घर पुरिँदा तिलकका छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियारको मृत्यु भएको छ । गङ्गा र जमुना जुम्ल्याहा दिदिबहिनी हुन् । पहिरोले घरको बीच कोठामा सुतिरहेका परियारका छोरीहरु पुरिएको प्रहरीले बताएको छ । घर माथिबाट ढुङ्गासहितको पहिरो झरेको स्थानीयले बताएका छन् ।

Advertisement

पुरिएकाहरुलाई स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा ३ जनाकै शव निकाली जिल्ला अस्पताल तम्घास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । राति एक–दुई बजेतिर यहाँ पहिरो झरेको थियो ।

घरको अर्को कोठामा सुतेका तिलक, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित छन् । उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।