January 25, 2025, Saturday
२०८१ माघ १३

यी हुन् लुम्बिनी सरकारबाट पदक पाउनेहरू (सूचीसहित)

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने पदकबाट यस वर्ष ५७ जनालाई विभुषित गरिने भएको छ। संविधान दिवस–२०७८ को अवसरमा १० वटा विधाका पदकबाट विभुषित हुनेहरुको नाम घोषणा गरिएको छ ।

सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिशअनुसार पदक पाउनेहरुको नामावली घोषणा गरिएको हो । प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ग ४ जनालाई दिइने प्रदेश सरकारले जनाएको छ । त्यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग २ जनालाई प्रदान गरिने छ ।

Advertisement

प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने छ । पदक पाउनेहरुको नामावली प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवा श्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई प्रदान गरिने छ ।

यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ। पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यी हुन पदक पाउनेहरु