April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

आगलागीमा परी अमेरिकामा ५ नेपाली भाषीको मृत्यु

अमेरिकामा आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । ओहायो राज्यको आक्रन सहरमा भएको आगलागीमा ३ बालबालिका र २ जना वयस्कको निधन भएको हो ।

Advertisement

आक्रन ​अग्नि नियन्त्रण विभागले जनाएअनुसार बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा सेप्टेम्बर १३ सोमबारका दिन बिहान बिहान १२ ः ५० मा आगो लागेको हो ।

Advertisement

विभागका अनुसार आकस्मिक कामदारहरूले उनीहरूका छिमेकी र नातेदारहरूले त्यहाँ पुगे पछि परिवारका सदस्यहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए । बालबालिका पढ्ने विद्यालय आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष, ११ वर्ष र १६ वर्षका विद्यार्थीको निधन भएको छ ।

नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरू बस्थे भनी बताएका छन् । छिमेकी जिन हुड्सनले उनीहरू राम्रा मानिसहरु थिए भनिन् । अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । घाइतेहरुलाई छिमेकीहरुले घटनास्थलमै उपचार गर्ने पनि प्रयास गरेका थिए ।

आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिब ६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताइएको छ ।

उनका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन् । सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरू त्यहाँ अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए । उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन् । र ,उनले के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन कोसिस गरिरहेको त्यहाँको स्थानीय समाचार पत्रिका बिकोन जर्नल डटकमले लेखेको छ ।

सुब्बाका अनुसार उनका निधन भएका पिताले आर्कनमा उक्त घर केवल ६ महिना अगाडी मात्र किनेको बताए । उनी पनि त्यहाँ केही वर्ष बसेको र बाबुल सौतिनी आमा र ३ जना सन्तानहरुसँग बस्ने जानकारी दिएका छन् ।

यसै गरि आरोन सुहांगका अनुसार उनका पर्ने काकाका छोराछोरी (दाजुभाइ तथा भतिज उक्त घरमा बस्ने गरेको बताए । उनीहरू त्यहाँबाट अन्य स्थानमा सर्ने भनेर प्रतीक्षा गरि रहेको बताए । उनले कहिले यस्तो हुन्छ भनेर नसोचेको बताए ।