April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

उपमहानगर निरक्षरको सूचीमा

बाँके – नेपालगन्ज उपमहानगरपालिका अझै निरक्षरको सूचीमा छ । पश्चिम नेपालकै पुरानो शहर भएर पनि निरक्षक सूचीमा हुँदा सरोकारवाला चिन्तित छन् । नेपालगन्जलाई साक्षर बनाउन १३ वर्ष अघि अभियान संचालन गरिएको थियो । तर स्थानीय सरकार आएर पनि वडा कार्यालयहरुको बेवास्ताका कारण अभियान सफल हुन नसकेको हो ।

Advertisement

नेपालगन्ज शहर पश्चिमै नेपालमै विकसित शहर मान्छि । तर, निरक्षरको सूचीबाट नहट्दा बदनामी खेप्नु परेको छ । उपमहानगरका एक वडा पनि साक्षर वडा घोषणा गरिएका छैनन् । नेपालगन्जसंगै बा“केका डुडुवा, नरैनापुर र बैजनाथ गाउ“पालिकाले साक्षर पालिका घोषणा गर्न सकेको छैनन् । बैजनाथले सबै पक्रिया पूरा गरिसकेर भदौ महिनामै साक्षर पालिका घोषणा गर्ने जनाएको छ ।

Advertisement

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले वडा नम्बर ९, १४, १५ र २२ वडालाई साक्षर घोषणा गर्न साक्षरता कक्षा संचालन गरिएको बताए । अन्य वडा कार्यालयमा भने साक्षरता कक्षा संचालन गरिएका छैनन् । वडा नम्बर १ धम्बोझी र वडा नम्बर २ घरवारी टोल साक्षर घोषणा गर्ने लायक भइसकेका छन् । तर साक्षर वडा घोषणा भने गरिएको छैन ।

नेपालगन्ज उपमहानगरपालिको वडा नम्बर २३ हिरमीनीया, वडा नम्बर १६ जयसपुर, वडा नम्बर २१ पुरैना, वडा नम्बर १७ परसपुर, वडा नम्बर ११ त्रिभुवन चोक, वडा नम्बर १५ पिप्रहवा क्षेत्रमा साक्षर प्रतिशत निकै कम छ । त्रिभुवन चोक क्षेत्रका वडाहरु नेपालगन्जलाई उपमहानगर बनाउँदा गाभिएका गाविसहरु हुन् ।

नेपालगन्ज उपमहानगरले साक्षर अभियानका लागि नयाँ आर्थिक वर्षमा बजेट बिनियोजन गरेको छैन । ‘बजेट छुट्याइएको छैन । त्यसैले साक्षर उपमहानगर बनाउन अझै समस्या देखिन्छ,’ नगर शिक्षा अधिकृत शाही भन्छन् ।

६ वटा वडा भएको डुडुवा गाउँपालिकाले एउटा टोल पनि साक्षर घोषणा गर्न सकेको छैन । हाल उक्त गाउँपालिकामो ९ हजार सर्वसाधारणहरु पढ्न लेख्न जान्दैनन् । डुडुवाका शिक्षा शाखा प्रमुख सन्जय कर्णले पालिकालाई साक्षर घोषणा गर्न अभियान सन्चालनका लागि कुनै कार्यक्रम संचालन नगरिएको बताए ।

उनले जनप्रतिनिधिहरुको प्राथमिकतामा साक्षर अभियान नपरेको उनको गुनासो छ । ‘पालिकालाई साक्षर बनाउन तर्फ कसैको ध्यान पुगेको छैन,’ उनले भने । जिल्लाको दुगर्म मानिने नरैनापुर गाउँपालिकाले नयाँ आर्थिक वर्षमा साक्षर पालिका घोषण गर्ने भन्दै अभियान संचालन गरेको छ ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले तीन महिनामा साक्षर पालिका घोषण गर्ने योजनामा रहेको जनाए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवस्तवले जिल्लालाई साक्षर घोषणा गर्न पालिका प्रमुखहरुले प्रत्येक वर्ष प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगर्ने बताए । उनले चालु आर्थिक वर्षमा पनि बाँके जिल्ला साक्षर घोषणा हुनेमा समस्या रहेको जनाए । बाँकेको कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्तिसोनारी गाउँपालिका भने साक्षर पालिका घोषणा भइसकेका छन् ।