बलात्कार आरोपमा कांग्रेस रोल्पाका कोषाध्यक्ष पक्राउ

- पब्लिक कुरा
- २०७८ भाद्र १८
- 2.6K Shares

रोल्पा– बलात्कार आरोपमा नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेश सुवेदीले स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा खत्रीलाई पक्राउ गरिएको बताए ।
भदौ ८ गते खत्रीलाई पक्राउ गरिए पनि ढिलो गरी सूचना बाहिर आएको हो । पीडित महिलाले खत्रीविरुद्ध प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी थिइन् । उनको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको छ।
खत्रीमाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी सुवेदीले बताए ।
- शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
- प्रदेश सरकारले नमूनायोग्य कामहरू गरेको छः मुख्यमन्त्री आचार्य
- मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै
- प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु
- लुम्बिनी प्रदेशले गौरवको योजनामा अघि बढाएकै सडक निर्माण सुस्त
- विपक्षीले अध्यादेशबारे अनावश्यक भ्रम सिर्जना गरेः बर्तौला
- अब्बल र बस्नयोग्य शहर बुटवल
- स्कुल जान हिंडेकी बालिकाको गुल्मीमा ढुंगाले लागेर मृत्यु
- शान्ति विद्यालय अलुमम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम
- निःशुल्क भिसाको प्रलोभनले दलालको फन्दामा
-
कलवाइपास गरेको आरोपमा भैरहवाबाट एकजना पक्राउ
२०८१ माघ २५
प्रतिकृया दिनुहोस्