November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

खोलाले जिप बगाउँदा दाङमा चारजनाको मृत्यु

दाङ – बाढीले गाडी बगाउँदा दाङमा चारजनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४, सिस्नेखोलामा आएको बाढीले गाडी बगाएको हो ।

Advertisement

घटनामा परि घोराही-१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही-१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर-१६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले रुपैडिया किनमेल गरेर फर्कंदै गर्दा बाढीले गाडी बगाएको बताए । प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।