April 22, 2025, Tuesday
२०८२ बैशाख ९

नवनियुक्त ६ मन्त्रीले लिए सपथ

भैरहवा– लुम्बिनी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागी भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषदमा ग्रामीण तथा शहरी विकास मन्त्रीमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा सहसराम यादवले सपथ लिएका छन् । यस्तै अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीमा सपथ लिएका छन् । विभागीय मन्त्रीहरुले आजैदेखि कार्यभार सम्हालेका छन् ।

Advertisement

कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव जिम्मेवारीसहित मन्त्री बनेका हुन् । त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन् । स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन् । तर, उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् ।

यसअघि सोही कार्यक्रममा मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । संविधानको धारा १६८ (२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।