लुम्बिनीका तीन मन्त्री पार्टीबाट निष्कासित


भैरहवा- लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका तीनजना सांसदलाई जनता समाजवादी पार्टीले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय गरेको हो ।
सांसद विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष कुमार पाण्डेय प्रदेश सरकारमा मन्त्री थिए । उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय पनि गरेको छ ।
जसपाले निष्कासनको निर्णय गरेका सांसदहरु महन्थ ठाकुर पक्षका हुन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र पक्षलाई दिएको भोलिपल्टै तीन सांसदलाई पार्टीले कारबाही गरेको हो । जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्नेछन्। जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई भने झनै समस्या पर्ने निश्चित भएको छ ।
प्रतिकृया दिनुहोस्