March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भोलिसम्म लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल– सत्तापक्षले नै बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभामाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

Advertisement

शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रदेश सभामा सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल सकिए लगत्तै मुख्यमन्त्री, मन्त्री र सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका थिए ।

Advertisement

त्यसपछि मुख्यमन्त्री र मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए । जवाफ समेत दिइसकेपछि मतदान प्रक्रिया शुरु हुनै लागेका बेला सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेर बाहिरिएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले छलफलका लागि आधा घण्टा बैठक स्थगित गरे पनि बैठकमा एमाले सहभागगी हुने अवस्था नदेखिएपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो ।

सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रिया शुरु हुन लाग्दा सत्तापक्षका सांसदले नै बैठक छाडेर हिँड्नुलाई प्रदेश सभाका सभामुख घर्तीले ऐतिहासिक क्षण भनेका छन् ।

असार मसान्त भित्र बजेट प्रदेशस भाबाट पास गराएर साउन १ गतेबाट कार्यान्वयनमा जानुपर्नेमा आजको बैठकबाट बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशको बजेट नै अलपत्र परेको छ ।

बैठकमा फर्कन नमानेपछि प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी गराएका छन् । विपक्षीले भने सत्तापक्षको आलोचना गरेका छन् ।