October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

‘सर्वोच्चको फैसलाले लोकतन्त्रलाई गलत दिशामा धकेल्यो’

भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको ऐतिहासिक फैसलाले लोकतन्त्रलाई गलत दिशातिर धकेलेको बताएका छन्।

उनले फैसलाको भाषाले लोकन्त्रलाई अवमूल्यन गरेको उल्लेख गर्दै चुनाव र जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था चल्नुपर्ने बताए। ‘चुनाव जानु लोकतन्त्रको प्राण वायु हो,’ उनले भने, ‘अदालतको आदेशबाट सरकार बन्ने बनाउने कुराले लोकन्त्रलाई गलत दिशातिर धकेलेको छ।’

उनले मंगलबारको बिदाइ सम्बोधनका क्रममा भने( ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित भएर सर्वोच्चबाट जे जस्ता फैसलाहरु गरिएका छन्। तिनका असर मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा र राजनीतिमा लामो समयसम्म रहिररहने छन्। लोकतन्त्रको रक्षा, विकास र सुदृढीकरणमा यी फैसलाहरु सहयोगी रहे कि असहयोगी, यिनले राजनीतिक स्थायित्वलाई बल पुर्‍याए कि क्षति, यसबाट दलीय व्यवस्था कमजोर भयो कि बलियोरु समग्रमा राजनीतिलाई फैसलालाई अग्रगामी दिशामा लग्यो कि पछाडि फर्कायोरु यसको समीक्षा भविष्यले गर्ने छ।’
उनले संवैधानिक सर्वोच्चता र कानुनको शासनको पालना गर्न आफ्नो पार्टी तयार भएको बताए। उनले भने( ‘संविधान अक्षरहरुको संग्रह मात्रै होइन, जनताको दशकौँको उपलब्धि पनि हो। संविधान निर्माणमा निर्णायक भूमिका खेलेको पार्टीको हैसितमा हाम्रो भूमिका संविधान बचाउन लागिनेछ।’

Advertisement