नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नुपर्ने भो : मुख्यमन्त्री पोखरेल
भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार सर्वोच्च अदालतले संसद विघटन बदर गर्न र नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियु्क्त गर्न परमादेश दिएको छ ।
अदालतको आदेशप्रति सामाजिक संजालमा टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि नै गम्भीर आघात पुग्ने उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आदेशले नेपाली राजनीतिमा दीर्घकालसम्म अस्थिरता बढाउने छ ।’
‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात, सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नुपर्ने भो’, मुख्यमन्त्री पोखरेलले लेखेका छन् ।
प्रतिकृया दिनुहोस्