June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

देशभर बदली, केही स्थानमा धेरै वर्षाको सम्भावना

देशभरको मौसम बुधबार सामन्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविदले बताएका छन् । तराई भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम थप प्रभावित भएको छ ।

Advertisement

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।