April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटन मुद्दामा आज निवेदकको बहस सकिँदै

प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमाथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ।

Advertisement

सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बहस गर्न बाँकी रहेको छ।

Advertisement

जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ। आइतबार उक्त समयमा कांग्रेस सभपाति शेरबहादुर देउवाका वकिलले कुरा राख्नेछन्। बुधबारदेखि सुरु भएको बहसमा दुई दिन चार-चार घण्टाका दरले बहस भए पनि शुक्रबार दुई घण्टा मात्रै भएको थियो।

निवेदक पक्षले धेरै कानून व्यवसायीलाई बहस गर्न दिँदा कमजोर बनेको गुनासो सुनिन थालेको छ। विषय बस्तुमा केन्द्रित रहेर बहस गर्ने भन्दा पनि इजलास पुगेर नाम लेखाउमै केन्द्रित भएका छन्।

निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि बहस थाल्नेछन्। विपक्षी सबैलाई संवैधानिक इजलासले १५ घण्टाको समय दिएको छ।

विपक्षीले चार दिन बहस सक्नेछन्। त्यसपछि चार जना एमिकस क्युरीका लागि आधा-आधा घण्टाका दरले दुई घण्टा समय दिइएको छ।