October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

मडारिएको आकाशमा अस्ताउँदो सूर्य (छ तस्बिर)

भैरहवा- तीन दिन भारी वर्षा भयो । आकाश खुलेन । ठाउँठाउँमा बाढी पहिरोले डुवान पर्यो । जनधनको क्षति भयो ।

शुक्रबार र शनिबार दिउँसो भने भैरहवा क्षेत्रमा आकाश केही खुलेको थियो । तर, साँझपख भने आकाशमा बादल मडारिएको थियो । मडारिएको आकाशमा अस्ताउँदै गरेको सूर्यका किरण पर्दा हेर्न लायक बनेको थियो ।

यही मौकामा धेरैले तस्बीर कैद गरे । हामीले पनि भैरहवाका केही स्थानबाट तस्बीर कैद गरेका छौं । यी सबै तस्बिर शुक्रबार र शनिबार साँझ कैद गरिएका हुन् ।

सबै तस्बिरः प्रकाश न्यौपाने र समन चौधरी/पब्लिक कुरा