दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
दाङ- बञ्चरो प्रहार गरी दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया श्रीमती स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दाङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी श्रीमतीलाई घाइते गराएका थिए ।
घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले बताए । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान जारी छ ।
प्रतिकृया दिनुहोस्