March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अधिकांश क्षेत्रमा बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

शका अधिकांश क्षेत्रमा मंगलबार सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।

Advertisement

अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश एक–दुई स्थानहरुमा हल्का वर्षा भएको छ ।

मंगलबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का सम्भावना रहेको मौसमविदले बताएका छन् ।