व्यक्तिगत खर्चमा बिपन्न परिवारको बिमा गराउँदै चिकित्सक


अर्घाखाँचीमा एकजना चिकित्सकले १८ जना बिपन्न परिवारको एक वर्षे स्वास्थ्य बिमा गरिदिएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा कार्यरत डा.खगेन्द्र आचार्यले मालारानी गाउँपालिकाको वडा १ देखि ९ सम्मका १८ जना गरिब परिवारका व्यक्तिलाई एकवर्षे बिमा गरिदिएका हुन् ।
मालारानी गाउँपालिकाको कार्यालयमा उनले आफ्नो व्यक्तिगत खर्चमा बिमा गरिदिएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वडाका २ जनाका दरले अति गरिब परिवारका सदस्यलाई आफ्नो पारिश्रमिकबाट बिमा गरिदिएको उनले बताएका छन् ।
पोलिक्लिनिमा आँफुले बिरामी जाँच गरेवापत पाउने पारिश्रमिक मध्येबाट बिमा गरिदिएको भनाइ उनको छ । अति गरिब परिवारका सदस्य बिरामी पर्दा पैसा नभएर अस्पतालमा उपचार गर्न नगई घरमंै बस्न बाध्य भएको देखेपछि उनिहरुको सहज रुपमा उपचार गराउन आँफुले बिमा गराइदिने योजनामा लागेको उनले बताएका छन् ।
आचार्यका अनुसार, घरको एक जनाले गरेको बिमाले परिवारका पाँच जना सदस्यले उपचार गर्न पाउने छन् । एक जनाको ३ हजार ५ सयका दरले १८ जनाको बिमा गरिदिँदा उनको ९० हजार रुपैयाँ खर्च भएको छ ।








प्रतिकृया दिनुहोस्