June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

लुम्बिनी विकास कोषमा २३ लाखको चर्चा !

Advertisement

भैरहवा– विश्व सम्पदामा सूचिकृत लुम्बिनीमा नहुने केही छैन । यहाँ समय समयमा काण्ड निस्किरहन्छन् । त्यसैले बेलाबेला भन्ने गरिन्छ लुम्बिनी बुद्ध जन्मस्थलका रुपमा मात्र चर्चित छैन, कोषका कारण काण्डै काण्डमा पनि चर्चामा आइरहन्छ । पुरातत्व र संस्कृतिको रक्षा गर्दै गुरुयोजना पूरा गराउने दायित्व बोकेको लुम्बिनी बिकास कोषमा भइरहेका अनेक ‘काण्ड’का कारण चर्चा र विवाद भइरहन्छ । यस्तै कारण शान्त लुम्बिनी अशान्त बनिरहन्छ ।

Advertisement

लुीम्बनीको बिकासका नाममा पदाधिकारी र कर्मचारीको ध्यान स्वार्थ पूर्तिमा केन्द्रित छ । यसैक्रममा पछिल्लोपटक २३ लाख रुपैयाँको नयाँ घटना सार्वजनिक भएको छ । अहिले बिकास कोषको मुख्य कार्यालय र विभागमा यहीँ विषयलाई लिएर कटाक्ष र ब्यङ्ग्य भइरहेको छ । संघीय सरकारले कोषको कार्यसम्पादन र गुरुयोजना कार्यन्वयनका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । यसरी छुट्याएको बजेट बेलैमा निकासा नगरिँदा समस्या हुन्छ ।

बजेट निकासा नभएर कर्मचारी पारिश्रमिक बिनै काम गर्न बाध्य छन् । तर, यहीँ बजेट निकासा गराउन पनि बिचौंलियाको चलखेल हुने गरेको पोल खुलेको छ । कोष स्रोतका अनुसार गतवर्ष रोकिएको बजेट निकासाका लागि बिचौंलियाले ठेकेदारहरुको ‘नक्कली’ आन्दोलन गराएका थिए । त्यहीँ आन्दोलन देखाएर बजेट निकासा गरेपछि कोषको माथिल्लो स्तरका कर्मचारीले कमिसन कुम्ल्याएको चर्चा अहिले बिकास कोषको कार्यालयमा भइरहेको छ ।

यसपटक पनि पहिलो चौमासिकको खर्च आएको छैन । बिकासे बजेट समेत रोकिएको छ । बजेट रोकिएपछि कोषकै योजना प्रमुख स्मिता भट्टमाथि नयाँ आरोप लागेको छ । कोष स्रोतका अनुसार भट्टले मन्त्रालयबाट बजेट निकासा गर्ने भन्दैं ठेकेदारहरुसित २३ लाख रुपैयाँ लगेकी थिइन् । ‘बजेट निकासा गर्न नसकेपछि १३ लाख रुपैयाँ ठेकेदारलाई फिर्ता गरियो,’ एक कर्मचारीले भने, ‘दौडधुपमा खर्च भएको भन्दैं १० लाख फिर्ता गरिएको छैन ।’ यस घटनाले कोषभित्र कतिसम्म विचलन हाबी छ भन्ने प्रष्ट भएको छ ।

यहीँ विषयमा लुम्बिनी बिकास कोषभित्र बिकास निर्माणका काम गर्दै आएका ठेकेदारले नयाँ सदस्य सचिव समक्ष पनि दुखेसो पोखेका छन् । त्यसपछि झन २३ लाख काण्ड धुँवासरि फैलिएको छ । ठेकेदारले भुक्तानी पनि नपाउने र फैसा पनि फिर्ता नपाएपछि अहिले भौतारिँदै हिंडेका छन् । यसबारे बुझ्न पब्लिक कुराले योजना प्रमुख भट्टराई सम्पर्क गर्दा उनले फोन उठाइनन् ।

आर्थिक चलखेल गरेको भन्दै लुम्बिनीकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग