मस्कको वान ट्रिलियन डलरको तलब प्याकेज पारित


टेस्ला इन्कका लगानीकर्ताहरूले एलन मस्कको वान एक ट्रिलियन डलरको तलब (पारिश्रमिक) प्याकेजलाई अत्यधिक बहुमतले अनुमोदन गरेका छन् ।
यो रेकर्ड–ब्रेकिङ सम्झौताले विद्युतीय सवारीसाधन निर्माता कम्पनीमा अर्बपति मस्कको पकडलाई अझ बलियो बनाएको र उनको नेतृत्वप्रति नयाँ आत्मविश्वासको संकेत दिएको बताइएको छ ।
टेस्लाको टेक्सास गिगाफ्याक्ट्रीमा बिहीबार सम्पन्न वार्षिक साधारणसभामा खसेका मतमध्ये लगभग ७५ प्रतिशतले उक्त प्याकेजको समर्थन गरेका थिए, अध्यक्ष रोबिन डेनहोमले जानकारी दिए ।
यो मतदानले महिनौँदेखि भइरहेका आलोचनाका बाबजुद पनि मस्कप्रतिको असाधारण समर्थन देखाएको छ ।
यदि, टेस्लाले उच्च महत्वाकांक्षी दीर्घकालीन लक्ष्यहरू पूरा गरेमा तलब र बोनसको सट्टा पूर्णरूपमा इक्विटी अवार्डमार्फत संरचित यो सम्झौताले मस्कको स्वामित्व हिस्सेदारी १२ प्रतिशतसम्म बढाउनसक्ने बताइएको छ ।
पूरा वान ट्रिलियन प्राप्त गर्नका लागि मस्कले टेस्लाको बजार मूल्यलाई ६ गुणाले बढाएर ४८.५ ट्रिलियन पुर्याउनुपर्ने, वार्षिक आम्दानीलाई २४ गुणाले बढाएर ४४०० बिलियन पुर्याउनुपर्ने र रोबोटिक्स तथा स्वसञ्चालित प्रविधिमा नयाँ व्यवसायहरूलाई माथि उठाउनुपर्नेछ ।
हालको अवास्थामा यी लक्ष्यहरू लगभग असम्भव देखिए पनि औद्योगिक स्वचालन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आगामी दशकमा टेस्लाको प्रभुत्व जमाउने महत्वाकांक्षासँग मेल खाने बताइएको छ ।
डेनहोमले शेयरधनीहरूलाई भनिन्, “मस्कले असम्भवलाई पनि सम्भव तुल्याउन सक्छन् भन्ने उहाँले पटक–पटक प्रमाणित गरिसक्नु भएको छ ।” उनले टेस्ला कारभन्दा बाहिर मानवजस्तै रोबोट र उन्नत एआई मोडेलहरूतर्फ बढिरहेको उल्लेख गर्दै मस्कलाई पूर्णरूपमा संलग्न राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको तर्क गरिन् ।
रोन ब्यारोन र क्याथी वुडजस्ता प्रख्यात लगानीकर्ताहरूको समर्थनले मस्कको नेतृत्वप्रतिको आशावादलाई थप उजागर गरेको छ । इन्वेज्ज








प्रतिकृया दिनुहोस्