August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

वाल स्ट्रिट जर्नलविरुद्ध ट्रम्पद्वारा १० अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल कम्पनीका मालिक रुपर्ट मर्डोक र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध मुद्दा दायर गरेका छन् ।

Advertisement

ट्रम्पले उनीहरूविरुद्ध १० अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् । ट्रम्पले २००३ मा जेफ्री एपस्टाइनलाई आफूले उनको ५० औँ जन्मदिनमा पत्र लेखेको र हस्ताक्षर गरेको तथ्य बनावटी भएको दाबी गरेका छन् ।

ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले दायर गरेको मुद्दामा पत्रिकालाई लेख गलत थियो भन्ने थाहा भए पनि त्यसलाई वास्ता नगरी ट्रम्पप्रति द्वेषपूर्ण व्यवहार गरेको दाबी गरिएको छ ।

मुद्दामा लेखमा सत्यता नभए पनि लाखौँ मानिसलाई वितरण गरिएको उल्लेख छ । लेखका कारण राष्ट्रपति ट्रम्पको प्रतिष्ठा र आर्थिक क्षति भइरहने मुद्दामा उल्लेख छ । मुद्दाको सुनुवाइको लागि इजलासलाई अनुरोध गरिएको छ ।

जेफ्री एपस्टाइन एक अमेरिकी फाइनान्सर थिए । उनको कम्पनीको नाम जे एपस्टाइन एण्ड कर्पोरेसन थियो । जेफ्री एपस्टाइनमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । जेफ्री एपस्टाइनको २०१९ मा जेलमै मृत्यु भएको थियो । बीबीसी