August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

लसएन्जलस आगलागीमा पाँचजनाको मृत्यु, एक हजारभन्दा बढी घरमा क्षति

Advertisement

लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ ।

Advertisement

अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

लसएन्जलस काउन्टी फायर चिफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले दश हजार ६०० एकडमा फैलिसकेको छ । नियन्त्रणमा आउन सकेको छैन ।

उनले भने, “पाँच नागरिकको मृत्यु भएको छ । केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।”

एन्थोनी मार्रोनले क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्नि नियन्त्रकहरूलाई सहयोग गरिरहेका छन्

लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको छ ।

सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ । बीबीसी