August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

चीनको तिब्बतमा भूकम्पः ३६ जनाको मृत्यु

Advertisement

चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।

Advertisement

सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट ९नेपाली समय०मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।