August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

‘ट्रम्पले बलात्कार गरेको’ भनी झुठो समाचार फैल्याउने एबीसीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने

Advertisement

हालै भएको निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पमाथि एक महिला बलात्कारको आरोप लगाउँदै झुठो समाचार फैल्याउने एबीसी टिभीले १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

Advertisement

प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए। ट्रम्पका वकिल एलेजान्ड्रो ब्रिटोको कानुनी फर्मलाई कानुनी शुल्कमा १ मिलियन डलरसमेत तिर्नेगरी १५ करोड डलर क्षतिपूर्तिका साथ विवाद सुल्झाउन शनिबार सहमति भएको हो।

सम्झौताले एबिसीले राष्ट्रपति पुस्तकालयलाई उक्त क्षतिपूर्ति रकम भुक्तानी गर्नेछ। उक्त भुक्तानीलाई ‘परोपकारी योगदान’को रूपमा वर्णन गरेको छ, जसको पैसा अझै निर्माण हुन नसकेको पुस्तकालयको सम्बन्धमा स्थापना भइरहेको गैर-लाभकारी संस्थाको लागि छुट्याइएको छ।

एबीसी न्यूजका प्रवक्ता जेनी केडासले भने,’हामी खुसी छौं कि पक्षहरू अदालतमा दायर गरिएका सर्तहरूमा मुद्दा खारेज गर्ने सहमतिमा पुगेका छन्।’