एलन मस्क विश्वकै पहिलो धनाढ्य बन्ने प्रक्षेपण
विश्वकै धनाढ्य एलन मस्क सन् २०२७ सम्म पहिलो ट्रिलिनियर बन्न सक्ने प्रक्षेपण गरिएको छ । सम्पत्ति ट्रयाक गर्ने इन्फर्मामा कनेक्ट एकेडेमीको रिपोर्टअनुसार, मस्कको सम्पत्ति वार्षिक करिब ११० प्रतिशतले बढिरहेको छ ।
मस्क विद्युतीय सवारी निर्माता टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स, सामाजिक सञ्जाल प्लेटफर्म एक्स, न्युरालिंकलगायत कम्पनीका मालिक हुन् ।
ब्लुमबर्गका बिलियनेयर्स इन्डेक्सानुसार, मस्कको सम्पत्ति हाल करिब २५१ अर्ब अमेरिकी डलर छ । सम्पत्ति बढ्दै जाँदा करिब चार वर्षमा उनी विश्वकै पहिलो ट्रिलिनियर बन्न सक्ने एकेडेमीले प्रक्षेपण गरेको हो । एकेडेमीको विश्लेषणानुसार, भारतका गौतम अडानी विश्वकै दोस्रो ट्रिलिनियर बन्न सक्नेछन् । उनको सम्पत्ति वार्षिक १२३ प्रतिशतका हिसाबले बढेमा अडानी सन् २०२८ मा दोस्रो ट्रिलिनियर बन्ने अनुमान गरिएको हो ।
टेक फर्म एनभिडियाका सीईओ जेन्सेन ह्वाङ र इन्डोनेसियाली ऊर्जा तथा खानीउद्यमी प्राजोगो पाङ्गेस्टु पनि २०२८ मा ट्रिलिनियर बन्न सक्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्