February 8, 2025, Saturday
२०८१ माघ २७

एडिबीद्वारा पाकिस्तानमाका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ।

Advertisement

एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

विज्ञप्तिमा, इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी संघीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु हो।

सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नीति, कानुनी र संस्थागत ढाँचालाई सुदृढ पार्दै मिसन हासिल गरिनेछ।

हस्ताक्षर समारोहमा बोल्दै नियाजले विकास प्रक्रियामा निजी क्षेत्रको सहभागिताको लक्ष्य हासिल गर्न यो कार्यक्रमले लामो यात्रा तय गर्ने बताए।