May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

भारतमा सांसदको यौन उत्पीडनमा परेका महिलाले छाडे गाउँ

Advertisement

भारतका जेडीएस सांसद प्रज्ज्वल रेवन्ना जोडिएको यौन उत्पीडनको भिडियो सार्वजनिक भएपछि पीडित महिलाहरू सार्वजनिक सम्पर्कमा नरहेको बताइएको छ । सो भिडियो सार्वजनिक भएपछि कयौँ महिलाको पहिचान सार्वजनिक भएको थियो । त्यसैले गर्दा उनीहरू सुरक्षाका कारण सार्वजनिक सम्पर्कमा नआएको बताइएको छ ।

Advertisement

रेवन्नालाई अहिले उनको पार्टीले निस्कासन गरेको छ भने उनकाेबारेमा सरकारी निकायले जाँच गरिरहेको जनाइएको छ । रातो पासपोर्ट लिएर उनी जर्मनी तर्फ भागेकोमा प्रहरीले ब्लु नोटिस जारी गरी फिर्ता ल्याउने प्रयास समेत गरेको एजेन्सीहरूले जनाएका छन् ।

इण्डियन एक्सप्रेसका अनुसार जो महिलाको पहिचान सार्वजनिक भएको थियो, उनीहरूलाई स्थानीय कस्बे गाउँमा बस्न असजिलो भएको छ । उनीहरूले परिवारसहित गाउँ छोडेको जनाइएको छ । रेवन्नासँगको यौन भिडियोको मामिला फैलिएपछि ती महिला पछिल्ला १० दिनदेखि  घर छोडेर हिँडेका छन् ।

ती महिला हासन जिल्लामा रहेका थिए । हासन जेडिएसको गढ मानिन्छ र रेवन्ना पार्टी प्रमुख हुन् । प्रज्जवल २६ अप्रिलमा मतदान सकिएलगत्तै भागेका थिए भने उनका बाबु एचडी रेवन्ना पनि एक महिलाको अपहरणको मामिलामा अहिले पक्राउ परेका छन् । उनीमाथि एक महिलालाई उजुरी हाल्नबाट रोकेको भन्ने आरोप लगाइएको छ ।