May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

पश्चिमी कम्बोडियाको एक गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु भएको छ ।  श्रृंखलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बताएका छन् । 

काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । हतियार डिपोमा भएको क्षतिको विवरण आउन बाँकी छ । एजेन्सी 

Advertisement