April 23, 2025, Wednesday
२०८२ बैशाख १०

पूर्वी कंगोमा भारी वर्षा ४० को मृत्यु, भौतिक संरचनामा क्षति

पूर्वी कंगोमा भारी वर्षा हुँदा ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको हो । बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुयाउँदा करोडौं नोक्सानी भएको छ ।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र बुर्हिनीमा २० जनाको मृत्यु भएको हो । प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । 

Advertisement

गत हप्ता दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिंगी गाउँमा भीषण वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । 

मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए । स्थानीय अधिकारीहरूले ५०० भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् ।