May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।

Advertisement

स्थानीय प्यालेस्टाइनी स्रोतका अनुसार इजरायली सेनाले सहरनजिकैको शरणार्थी शिविरमा १० घण्टा लामो सैन्य आक्रमण गरेको थियो ।

Advertisement

यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्मनजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिका क्रममा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको र हतियार जफत गरिएको जनाएको छ ।

आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सी डब्ल्यूएएफएका अनुसार अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तीमा २९६ प्यालेस्टाइनी वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।