October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

अमेरिका र इरानबीच ६ अर्ब अमेरिकी डलर दिने सर्तमा कैदी साटासाट

अमेरिका र इरानले एक सम्झौताअन्तर्गत पाँच कैदी रिहा गर्ने भएका छन् । दक्षिण कोरियामा फ्रिज गरिएको करिब ६ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति हस्तान्तरण गर्ने सर्तमा दुई देशबीच कैदी साटासाट सम्झौता भएको हो ।

Advertisement

अगस्ट १० मा सार्वजनिक भएको यो सम्झौताले वाशिंगटन र तेहरानबीचको ठूलो झमेलालाई हटाउने ठानिएको छ । इरानी अधिकारीहरूले अमेरिकाले रिहा गर्ने आफ्ना पाँच नागरिकको नाम सार्वजनिक गरेका छन् ।

Advertisement

जसमा रेजा सरहङ्पुर काफ्रानी, कम्बिज अत्तार कासानी, कावेह लोटफोलाह अफ्रासियाबी, मेहरदाद मोइन अन्सारी र अमीन हसनजादेह रहेका छन् ।यस्तै, इरानले हिरासतमा राखेका पाँच अमेरिकी नागरिकलाई फिर्ता पठाउन कतारी विमानमा लगिएको बताइएको छ ।

इरानको केन्द्रीय बैंकका प्रमुख मोहम्मद रेजा फरजिनले स्विट्जरल्यान्डबाट कतारमा करिब ६ अर्ब डलर हस्तान्तरण भइसकेको बताएका छन् । उनले वर्षाैँसम्म आफ्नो कोष फ्रिज गरेका कारण क्षतिपूर्ति माग गर्दै दक्षिण कोरियाविरुद्ध कानुनी प्रक्रियामा जाने समेत बताएका छन् ।