February 8, 2025, Saturday
२०८१ माघ २७

विमान दुर्घटना हुँदा ब्राजिलमा १४ जनाको मृत्यु

दुर्घटनाबारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै।

ब्राजिलको अमेजन जंगलको बीचमा रहेको बार्सिलोस सहरमा शनिबार भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान थियो, जुन खराब मौसममा अमेजनसको मानुसबाट बार्सिलोसका लागि उडान गरिरहेको थियो।

Advertisement

भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हाे। दुई चालक दलका सदस्यबाहेक १२ जना यात्रु थिए, जसमध्ये केही पर्यटक रहेको बताइएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेजनसका सुरक्षा अधिकारी भिनिसियस अल्मेडाले भारी वर्षाका कारण भिजिबिलिटी निकै कम भएकाे बताए।

समाचार एजेन्सी रोयटर्सका अनुसार मानुस एरोट्याक्सी एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

यद्यपी एयरलाइन्सले दुर्घटनामा परी ज्यान गुमाउनेहरूको बारेमा कुनै जानकारी दिएको छैन।