September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

विश्वका धनी व्यक्तिलाई कम्पनी बेच्ने प्रस्ताव ट्वीटरका लगानीकर्ताद्वारा पारित

ट्वीटरका लगानीकर्ताले विश्वका धनी व्यक्ति इलन मस्कद्वारा गरिएको कम्पनी किन्नेसम्बन्धी प्रस्ताव पारित गरेको छन्।

Advertisement

सनफ्रान्सिस्कोस्थित कम्पनीको हेडक्वाटरमा भएको लगानीकर्ताको छोटो सम्मेलनले प्रस्ताव पारित गरेको हो।

मस्कले गएको अप्रिलमा ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर किन्ने प्रस्ताव गरेका थिए। तर पछि कम्पनीको सुरक्षा तथा स्प्याम एकाउन्टसम्बन्धी जानकारी पूर्ण रूपमा नपाएको भन्दै उनी आफ्नो प्रस्तावबाट पछि हट्न चाहेका छन्।

ट्वीटर भने जसरी पनि कम्पनी मस्कलाई बेच्ने तयारीमा छ। ट्वीटरले त्यसका लागि अदालतको ढाेका ढकढकाएकाे छ।