विद्यालयमा बम आक्रमण हुँदा ६० जनाको निधन: जेलेन्स्की


यूक्रेनको पूवी शहर लुहान्स्कमा विद्यालयमा भएको बम आक्रमणमा परी ६० जनाको ज्यान गरेको यूक्रेनी राष्ट्रपति बोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
यसभन्दा अगाडि लुहान्सका गभर्नरले उक्त विद्यालय भवनमा रहेका ९० मध्ये ३० जनाको उद्धार गरिएको जनाएका थिए। गभर्नरका अनुसार शनिबार रसियाली हवाइजहाजले बम खसालेर गएको थियो। यस बारेमा रसियाले आफ्नो कुनै पनि धारणा राखेको छैन।
यो क्षेत्रको धेरै जसो भूभाग पछिल्लो ८ वर्षदेखि अघोषित रुपमा रसियाको नियन्त्रणमा रहेको थियो।
भवनमा भएको विस्फोटले आगो लागेको थियो। ३ घण्टासम्म लागेको आगोमा यति मानवीय क्षति भएको हो। गर्भनरका अनुसार विद्यालय भवनको तल्लो तलामा गाउँमा मानिसहरु आश्रय लिएर बसेका थिए। गर्भनरका अनुसार मृतकको संख्या अझ बढ्न सक्छ।
यूक्रेनका अन्य केही शहरमा पनि युद्ध अझै शान्त भईसकेको छैन।

प्रतिकृया दिनुहोस्