अजरबैजानको बाकूस्थित नाइटक्लबमा ठूलो बिस्फोट, थुप्रै घाइते


अजरबैजानको राजधानी बाकूमा एउटा नाइटक्लबमा ठूलो बिस्फोट भएको छ । यो दुर्घटनामा थुप्रै घाइते भएको जानकारी छ । यद्यपि, हताहतको संख्या अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
सोसल मिडियमा स्थानीय मिडियाको भेरिफाइड ट्वीटर ह्यान्डलबाट दुर्घटनाका थुप्रै भिडियो सेयर गरिँदैछ ।
यसमा आपतकालीन सेवाकर्मीलाई नाइटक्लबबाट मानिसलाई निकालिरहेको देख्न सकिन्छ । सडकमा जताततै भग्नावशेष देखिएको छ ।
सरकारी ग्यास कम्पनी अजेरी ग्यासका प्रवक्ताले भने, ‘सम्भवतः यो बिस्फोट प्रोपेन ग्यास सिलिन्डर बिस्फोट भएका कारण भएको हो ।’
टिआरटी वर्ल्ड न्युजका अनुसार बिस्फोटमा कम्तीमा २० जना घाइते भएका छन् । यद्यपि, हालसम्म यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस्