December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

युगाण्डामा आत्मघाती बम बिस्फोट, कम्तीमा तीनजनाको मृत्यु

युगाण्डाको राजधानी काम्पालामा आत्मघाती बम बिस्फोट भएको छ । बिस्फोटमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् ।

Advertisement

मोटरसाइकलमा आएका तीनजना आक्रमणकारीले आफैलाई बिस्फोट गराएका हुन् । उनीहरुले संसद भवन र प्रहरी हेडक्वाटर नजिक बिस्फोट गराएका हुन् ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको बिबिसीले उल्लेख गरेको छ । इस्लामिक स्टेट (आइएस) ले बिस्फोटको जिम्मा लिएको छ ।

राजधानीका विभिन्न क्षेत्रमा बम राखिएको पाइएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले बिस्फोटक भेस्टसहितको चौथो आक्रमणकारीलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।