March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लिभरपुलको अस्पताल अगाडि बिस्फोट, एकजनाको मृत्यु

बेलायतको लिभरपुलमा अस्पताल बाहिर कार बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ । लिभरपुलको महिला अस्पताल बाहिर बिस्फोट भएको हो ।

Advertisement

घटनामा संलग्न भएको अभियोगमा तीनजना पक्राउ परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनीहरुमाथि आतंकवादी कानुन अन्तर्गत छानबिन भइरहेको छ ।

Advertisement

नेपाली समय अनुसार आइतबार बेलुका पौने पाँच बजे बिस्फोट भएको हो । यात्रु लिएर आएको ट्याक्सी रोकिएको र लगत्तै बिस्फोट भएको हो । ट्याक्सीका यात्रुको घटनास्थमै ज्यान गएको छ । उनको पहिचान खुलेको छैन ।

बिस्फोटमा संलग्न भएको अभियोगमा प्रहरीले २९, २६ र २१ वर्षका व्यक्तिलाई पक्राउ गरेको हो ।