June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

बीवाईडीले बेच्यो २०२५ मा २२ लाख इलेक्ट्रिक गाडी

Advertisement

चिनियाँ कार निर्माता बीवाईडीले सन् २०२५ मा २२.६० लाख इलेक्ट्रिक गाडी बिक्री गरेको छ । कम्पनीले जनवरी १ मा विज्ञप्तिमार्फत यसबारे जानकारी गराएको हो । यो बिक्रीको आँकडा विश्वका कुनै पनि कम्पनीका निम्ति रेकर्ड हो । विश्वको अरू कुनै कम्पनीले एक वर्षभित्र यति धेरै इलेक्ट्रिक गाडी बेचेको छैन ।

Advertisement

सन् २०२४ सम्म अमेरिकी अर्बपति एलन मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक गाडी बेच्ने मामिलामा नम्बर एकमा थियो । यसपटक उसको यो ताज खोसिएको जस्तो देखिएको छ ।

टेस्लाले अझै पूरै वर्षको बिक्रीको आँकडा सार्वजनिक गरेको छैन । त्यसैले अब बीवाईडीले टेस्लालाई पछाडि पार्न कठिन देखिँदैन ।

बीवाईडीले दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपेली बजारसम्म सफलता हासिल गरिरहेको छ । कम्पनीले भारतमा पनि १० हजारभन्दा बढी ईभी बेचिसकेको छ ।

अर्कोतर्फ, टेस्लालाई मस्कको राजनीतिक झुकाव र भनाइका कारण धेरै महत्त्वपूर्ण बजारमा समस्या झेल्नुपरेको छ । टेस्लाले चिनियाँबाहेक युरोपेली कार कम्पनीबाट पनि प्रतिस्पर्धाको सामना गर्नुपरेको छ ।