लुम्बिनीमा अर्थ र विनियोजन अध्यादेश जारी


भैरहवा- लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले दुई अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको सिफारिसमा यादवले अध्यादेश जारी गरेका हुन् ।
शुक्रबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख यादवसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस लगत्तै यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका छन् ।
संसद छलेर प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो । आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले राजकाज नै नचल्ने गरि प्रदेश सभामा अवरोध भएपछि अध्यादेश ल्याउनु परेको जनाए ।
‘आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनु पर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएको छ । यसैले अध्यादेश ल्याउनु परेको हो’, उनले भने
बिहीबार प्रदेश सभामा बजेट पास हुने अवस्था नदेखेपछि सत्तापक्षले नै बैठक बहिस्कार गरेको थियो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत् ल्याउने जनाएको छ । संसदीय मर्यादाबाहिर गएर सरकार जोगाउनकै लागि अध्यादेशमार्फत् बजेट ल्याउन लागिएको भन्दै सरकारको आलोचना भएको छ ।
प्रतिकृया दिनुहोस्