भन्सार विभागको लेबलिङसम्बन्धि अस्पष्ट नियमले अन्यौलमा परियोः निजी क्षेत्र
भैरहवा– भन्सार विभागले जारी गरेको लेबलिङसम्बन्धी व्यवस्थाले आफूहरु अन्यौलमा परेको व्यवसायीले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बिहीवार बिज्ञप्ती जारी गर्दै भन्सार विभागले साउन १ देखि कार्यान्वयनमा ल्याउने भनि जारी गरेको लेवलिङ सम्बन्धि सूचना अस्पष्ट, अव्यवहारिक भएको...





