May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

मरियम नवाज पाकिस्तान पञ्जाबको पहिलो महिला मुख्यमन्त्री

पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएको प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले सोमबार घोषणा गरेका छन् ।

Advertisement

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम सुन्नी इत्तेहाद काउन्सिलका उमेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् । उनले २२० मत प्राप्त गरिन् ।

Advertisement

आरक्षित सिटसम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्य विधानसभासत्रबाट बाहिरिएका थिए । उनीहरूले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् ।