कस्तो छ सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)
भैरहवा– महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गरेका हुन् ।
५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशमा विकसित सफ्टवेयर तथा प्रणालीलाई सरकारी निकायमा उपायोग गर्ने नीति ल्याइने घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले भने, ‘सार्वजनिक निकायमा प्रयोग भएका हाड्वयेर, सफ्टवेयर, नेटवर्क तथा साइबर सुरक्षा लगायतका सुचना प्रविधि प्रणालीको प्राविधिक परिक्षण गरिने छ ।
सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफट्वयर सरकारी क्षेत्रबाट निमार्ण गर्ने तथा स्वदेशमा विकसीत सफ्टवेयरलाई प्राथमिक्ता दिई उपयोग गर्ने नीति लिइने छ ।’
Policy&Program 2081-082
प्रतिकृया दिनुहोस्