कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त


नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।
कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले भक्तपुरका आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको कार्यवबहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम साउन १ गतेदेखि लागू हुने गरी आचार्य नियुक्त भएका हुन्।








प्रतिकृया दिनुहोस्