October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

आजको दिनलाई कसरी सम्झने ?

Advertisement

एकीकरण–परिवर्तनकारी
आज भदौ २४ अर्थात् जेनजी आन्दोलनको पहिलो बार्षिकी । तत्कालीन सरकार एवं त्यस समयसम्मको मिलिजुली भागबन्डाको त्यो असैद्धान्तिक राजनीतिक परिवेश मौलाएको संरक्षित न्याय–कानुन–भ्रष्टाचाररुपी ब्यवस्थाको बिरुद्धमा युवाहरुले उठाएको आन्दोलनले तख्तापलट गरि नयाँ जनादेश सहितको अहिलेको सरकार प्राप्त गरेको छन्, नेपाली जनताले ।

Advertisement

यो परिवर्तन गरिरहँदा कलिला भाइबहिनीले प्रदर्शनको दौरानमा भदौ २३ मा गोली लागि आफ्नो ज्यान गुमाए भने अर्को दिन देश बलिरहँदा विभिन्न ब्यवसायिक प्रतिष्ठान प्रतिशोध–लुटमारका हिसाबले आक्रमण–आगजनीका कारण रोजगारमा खटिएका निर्दोष नेपाली पनि आफूले ज्यान गुमाएको समाचार प्रेषित भए । अएको तर्फ देशको सुरक्षामा खटिएका राष्ट्रसेवक प्रहरी, उनको संमचना जलाइयो, हातहतियार लुटियो, जेल तोडियो, कैदी भगाइयो, प्रहरी समेत मारिएको समेत सुन्नु पर्यो । ती सबै शहीद कहलाइए ।

के परिवर्तन भदौ २४ लाई मात्र मान्ने ?
नेपालमा निरंकुश राज्यसत्ता बिरुद्ध कयन आन्दोलनहरु भए, हजारौंले ज्यान गुमाएको इतिहासमा दर्ज छ । २००७ सालको राणाशाही बिरुद्धको आन्दोलन पछि आएको प्रजातन्त्र जसले स्वयम् राजपरिवारको स्वतन्त्रता थिएन । राजा, प्रजा सबैले लडेर ल्याएको प्रजातन्त्र । आफ्नो ज्यानको आहुती दिएका शहीदहरु दशरथचन्द, धर्मभक्त, शुक्रराज, गङगालालसहितका सयौंले ज्यानको आहुती दिए । त्यसपछि आएको असल प्रजातन्त्रमा शिक्षा, स्वास्थ्य, राजकाज, स्वतन्त्रता जस्ता शब्दहरु स्थापित भए, सबैको पहुँच भयो ।

त्यसपछि २०४६ को जनआन्दोलनले पंचायतलाई मुक्त गरेर जनताको फ्रिडममा अझ शतप्रतिशत खुल्ला गरिदियो । जसको दुषपरिणाम आजसम्म देशले भोगिरहेको छ । त्यसपछि २०५२ सालमा सामन्ती, बिभेद, समावेसिता, समानुपातिक, धर्मनिरपेक्षता, बिकेन्द्रीकरणको सत्ता जस्ता चर्चित नारा लगाएर माओवादी बिद्रोहले देश द्वन्द्वमा फस्यो ।

आन्तरिक सुरक्षा कमजोर, मारकाट, लुटमार, हत्या–हिंसासहित जातिय द्वन्द्वमा २०औं हजार मानिसले ज्यान गुमाउनु पर्यो । विध्वंशले पुराना ऐतिहासिक सम्पदा भत्काइए, पड्काइए । कारण–अकारण मरेका सबै शहीद कहलाइए ।

२०६३ सालको जनआन्दोलनका १९ जना, ०६४ को मधेश आन्दोलका सयौं जना, ०७२ को मधेश बिद्रोहमा ५० भन्दा बढी, थारु बिद्रोहमा दर्जनौंले ज्यान गुमाउँदा सबै नै परिवर्तनका लागि शहीदको पानामा दर्ज भए । तसर्थ विभिन्न कालखण्डमा परिवर्तनका लागि भएका आन्दोलनहरुमा आफ्नो ज्यान गुमाउनेहरु गृहमन्त्रालयको किताबमा सुचिकृत–पुँजिकृत भए ।

यो संख्या जेनजी आन्दोलनमा थपियो । संख्या बढ्यो, उनीहरुको नाउले तत् तत् दलहरु सरकारमा गएर उनीहरुको खुनको कसम–आश्वासन दिएर आफ्नो राजनैतिक रोटी सेकिरहेको परम्परा बर्तमानसम्म चल्दै आएको छ । जनता पहिला पनि खुशी थिएनन्, अहिले पनि छैनन् तर पर्खाइ भने गरिरहेका छन् ।

शहीद त राजपरिवार पनि भए
शाह राजबंशको ठुलो योगदान छ, आधुनिक नेपाल निर्माणमा । तत्कालीन बाइसे– चौबीसे राज्यहरुलाई एकतासुत्रमा बाँध्ने राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको बंशजले स्वयं दुख पाए, ज्यान गुमाए । राणाशाहीको बिरुद्धमा राजा राजेन्द्रले बिद्रोह गर्दा आफूले गद्दीबाट पदच्युत भएर हनुमानढोकामा १९०३–१९३८ मृत्यु हुँदासम्म ३५ बर्ष नजरबन्द–जेल बसेको इतिहार जिवित छ । त्यसपछि तत्कालीन राजा शुरेन्द्रका छोरा युवराज त्रैलोक्य (३० बर्ष) पनि राणाको बिरुद्ध लाग्दा विष खुवाएर मारिएको, त्यसपछि राजा पृथ्वी बिक्रम (३४ बर्ष) पनि राणा बिरोधि भएकाले मन्द बिषबाट मारिएको अपुष्ठ तर इतिहासमा पढ्न सजिलै पाइन्छ । राजा महेन्द्रको मृत्यु पनि सोचनीय थियो । राजा बीरेन्द्रको त बंशनास नै भयो ।

शहीदको नाउबाट फोहोरी राजनीति
यसरी हेर्दा देश–जनता आफ्नो अधिकार जे भने पनि सबैले आफ्नो ज्यान गुमाएको इतिहास छ । जनतालाई राजनैतिक स्वार्थका लागि उस्काउने, आन्दोलन चरम बिन्दुमा पुगेपछि सत्ताको बार्गेनिङ गर्ने, सरकार बनाउने, स्वार्थ पूरा गर्ने, कसैको अस्तित्व स्वीकार नगर्ने, ब्यक्तिगत झैझगडा गरि अन्यमा पार्टी टुक्र्याउने परिपाटी बिगत ३ दशकदेखि चलिआएको छ ।
रह्यो कुरा जनताको, शहीदको, उनको परिवारको समस्या समाधानमा कुनै खासै सन्तुष्टी नदेखिएको सहजै देखिन्छ । बोलीले बाचा त गरिएला तर नियत सफा भएन भने फेरि अर्को आन्दोलन नदोहरिएला भन्न सकिँदैन । फेरि शहीदहरुको सूचिमा वृद्धि नहोला भन्न सकिन्न ।

के इतिहास मेटेरै राष्ट्र बन्छ ?
यसरी हेदा द्वन्द्वकालमा देशको पौराणिक सम्पदा, ऐतिहासिक सम्पदा, मठ–मन्दिरमा आक्रमण, जातीय द्वन्द्व, सनातन हिन्दुराज्यलाई फाल्ने, अभिभावकीय भूमिकामा रहेको राजसंस्था फालेर बिदेशी शक्तिका मतियार बनेर देश शुन्यको अवस्थाबाट थोरै माथि उठिरहँदा ०७२ को भूकम्पले देश जर्जर अवस्थाबाट समस्याग्रस्त परिस्थितिमा बाँचिरहेको नेपाल आमालाई फेरि आजैका दिन ती निर्दोष संरचना एसियाको सबैभन्दा ठूलो १७०० कोठे भव सिंहदरबार, सार्वभौम नेपालीको सर्वोच्च शक्ति राष्ट्रपति भवन, राजा बीरेन्द्रको समयको त्यो आलिशान बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन), न्यायको प्रतीक सर्वोच्च न्यायलय जस्ता दर्जनौं निर्जीव तर देशको शान– स्वाभिमानको प्रतीक, आम नेपालीको कर– परिश्रमले बनेको हाम्रा सांस्कृतिक विराषतहरु अननयासमा बालेर–लुटेर आमनेपाले त्यो पीडा कहिल्यै बिर्सन सक्दैन ।

मन रोएर आउँछ, न अब त्यस्ता संरचना बन्न सक्छन्, न अब आउने पिढींले त्यो भोग गर्न सक्छन् । हाम्रो नेपाली भौतिक इतिहास अब केवल इतिहासमै सिमित रहने भयो । सतिले सरापेको देश भनेको यही दशकमा प्रमाणित भइरहेको छ । भगवान पशुपतीनाथको आशिर्वाद, गौतम बुद्धको शान्तिको सन्देश स्थापित होस्, हाम्रो नेपालमा हामी नेपालीमा ।