May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

चेल्सी एफए कपको चौथो चरणमा

दोस्रो हाफमा चार गोल गर्दै चेल्सीले एफए कपको चौथो चरणमा स्थान निश्चित गरेको छ । शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा प्रेस्टोन नर्थ इन्डविरुद्ध ४–० को सहज जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।

Advertisement

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले गोल गरे ।

Advertisement

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि चेल्सीका ब्रोजाले ५८औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा सिल्भाले चेल्सीको अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि नै स्टर्लिङको गोलमा चेल्सीले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फर्नान्डेजले गोल गरेपछि चेल्सीले ३९ हजार ७०५ दर्शकमाझ ४–० को सहज जित सुनिश्चित गरेको हो ।

चेल्सीले अब आगामी बुधबार लिग कप सेमिफाइनलको पहिलो लेगमा मिडलस्बर्गविरुद्ध खेल्नेछ । यता, प्रिस्टोनले भने च्याम्पियनसिपको खेलमा शनिबार ब्रिस्टोल सिटीविरुद्ध खेल्नेछ ।