September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

दलगत पहिचान निषेध गरौं, राहत, उद्धार र पुनर्निर्माणमा जुटौंः सभापति लामिछाने

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् ।

Advertisement

सिंहदरवारमा भएको सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक भएको हो ।

बैठकमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर लगायत उपस्थित छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित छन् ।

सर्वदलीय बैठकको सुरुआत गर्दै रास्वपा सभापति लामिछानेले भनेका छन्, ‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुननिर्माणमा सबै राजनीतिक दलमा लागौं ।’

सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै एक ठाउँमा उभिनुपर्ने उनको आग्रह छ ।