August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान चलाउन संकल्प जरुरी छः प्रचण्ड

Advertisement

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने बताएका हुन् ।

Advertisement

‘देशमा जुन प्रति क्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ’, उनले भने, ‘वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गर्नुभएको छ । सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको निम्ति उहाँको ठुलो योगदान रहेको छ ।’

नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी वैचारिक राजनीतिक आधार खडा गर्ने कष्ट साध्यको जिम्मा पुष्पलालले उनले स्पष्ट पारे ।