August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

Advertisement

भैरहवा– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक रिहा भएका छन्। जेनजी घटनामा दोषी रहेको भन्दै प्रहरीले उनीहरुलाई चैत्र १४ गते निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ओलीलाई सोमबार सर्वोच्च अदालतले दिएको आदेशअनुसार बिहीबार बिहान ११ बजेतिर रिहा गरिएको हो।

Advertisement

महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा रहेका लेखकलाई हाजिरी जमानीमा छाडिएको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईकाअनुसार पौने ११ बजे उनी छुटेका हुन्। ‘आवश्यक परेको खण्डमा उपस्थित हुने गरी दुबैजनालाई छाडिएको छ’, भट्टराईले भने।

उनीहरुलाई रिहा गरेर आफन्तीको जिम्मा लगाइएको छ। ओली आजै घर फर्कन्छन् कि अस्पतालमा रहन्छन् भन्ने कुरा अस्पतालको निर्णयअनुसार हुने छ ।

ओलीसँग सोही प्रकरणमा पक्राउ परेका लेखकलाई उी श्रमतीको जिम्मा लगाएर छाडिएको हो । ओलीलाई पनि श्रीमतीको जिम्मामा छाडिएको छ ।